काठमाडौँ, वैशाख। पछिल्लो २४ घण्टामा ९८ मा बालबालिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका २४ र १० देखि १९ वर्ष उमेर समूहका ७४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार मात्रै देशभर थप १ हजार २८१ कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ को मृत्यु भएको छ ।