काठमाडौं, वैशाख । पछिल्लो २४ घण्टामा थप १२८१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ मा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ मा गरिएको एन्टिजेन परीक्षणमा ५४ गरी १२८१ मा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ ।
कोरोना संक्रमणका कारण थप ८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ संक्रमित भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
त्यस्तै रुपन्देहीमा ८८, कञ्चनपुरमा ६३, कास्कीमा ५२, पर्सामा ५१, बाँकेमा ५०, मोरङमा ३१, चितवनमा २३, कपिलवस्तुमा १६, झापामा १५, पाल्पामा १४ , सुनसरी र बारामा १२/१२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।