२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : 'थप ४३५ मा संक्रमण पुष्टि'

आइतवार , बैशाख ५, २०७८

काठमाडौं, वैशाख । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४३५ मा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। काठमाडौंमा ३२६,ललितपुरमा ६४ र भक्तपुरमा ४५ गरी ४३५ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ९६ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ मा र ६९९ को एन्टिजेन परीक्षण गराउँदा ८१ गरी १ हजार ९६ मा कोरोना संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा २६२  डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै हाल ८५  क्वारेन्टाइनमा र ६ हजार २९०  आइसोलेसनमा छन्।

११६ आइसीयूमा र ४६  भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार