काठमाडौं, वैशाख । पछिल्लो २४ घण्टामा १०९६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ र ६९९ मा गरिएको एन्टिजेन परीक्षणमा ८१ गरी १०९६ संत्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६२९० कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ संस्थागत आइसोलेसनमा छन् ।