२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : ' पुनः २७ सयभन्दा तल'

आइतवार , बैशाख ५, २०७८

काठमाडौं, वैशाख । साताको पहिलो दिन आइतबार सेयर बजारमा ‘करेक्सन’ देखिएको छ । केही दिन लगातार बढेको बजारमा करिब ३६ अंकको करेक्सन हुँदा परिसूचक पुनः २७ सयभन्दा तल झरेको छ ।

यसअघि गत बिहीबार नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३५ दशमलव ८९ अंकले करेक्सन भएर २ हजार ६९९ दशमलव ५१ अंकमा झरेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २९ अंकले घटेको छ । कारोबार रकम ८ अर्ब ८० करोड भन्दा धेरै भएको छ ।

नेप्सेमा कारोबार हुने म्युचुअल फण्डबाहेकका सबै समूहका सबइन्डेक्स घटेका छन् । कारोबार सेयर संख्याका आधारमा पहिलो नम्बरमा एभरेष्ट बैंक देखिएको छ ।

८११ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको एभरेष्टको १० लाख ८६ हजार ५ सय कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५८ बाट एभरेष्टको धेरै कारोबार भएको देखिएको छ ।

यसैगरी,  कामना सेवा विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, गरिमा विकास बैंक, कुमारी बैंक तथा ग्लोबल आइएमई बैंक पनि कारोबार सेयर संख्याका आधारमा अगाडि देखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार