२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : '७६८ सङ्क्रमित थपिए'

शनिवार , बैशाख ४, २०७८

काठमाडौं, वैशाख । नेपालमा कोरोना भाइरसका ७६८ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ को आरटीपीसीआर परीक्षण गरिएकोमा ७६८ कोभिडबाट सङ्क्रमित भएको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८३ हजार ६५८ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २२६ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७५ हजार ३८ सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ५४५ मा भाइरसको सङ्क्रमण सक्रिय छ । ७४ हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ७५ मा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ । ६७१ को एन्टीजेन परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार