२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

वीरगञ्ज : '९४ को परीक्षण, १२ वर्षे बालकसहित ५७ मा संक्रमण'

शुक्रवार , बैशाख ३, २०७८

वीरगञ्ज , बैशाख । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको ९४ को आरटी पिसिआर परीक्षणमा ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि शुक्रबार एक दिन एकैपटक यति धेरै मा संक्रमण पुष्टि भएको कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनु भयो ।

संक्रमण पुष्टी हुनेमा पर्साका ५० जना , बाराका ४ जना र रौतहट ३ जना रहेका छन् । संक्रमण पुष्टि भएका बारा र रौतहट स्थायी घर भएपनि पर्सामा बसोवास गर्दै आएका उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको हो ।

१२ वर्षदेखि ७२ वर्ष उमेर समुहका थपिएका संक्रमितमा ३७ पुरुष र २० महिलामा रहेका छन् । शुक्रबार पुष्टि भएका ५७  मध्ये ७  संक्रमितको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको बताउदै कोभिड संयोजक डा. सरोज रोशन दासले भन्नुभयो ‘कट्याक्ट ट्रेसिङबाट भन्दा लक्षण सहितका नयाँ संक्रमित बढी छन्, सिटि भ्यालु कम छ ।

स्कुलको विद्यार्थीमा समेत संक्रमण देखिएको छ । वीरगञ्जको स्थिति खराब बन्दै गएको संकेत आजको परिक्षण रिर्पोटले देखाएको छ । ’

संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४ देखि ३५.६ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार