काठमाडौं, वैशाख । नेपालमा कोरोना भाइरसका ८३६ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५७ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८३६ मा सङ्क्रमण पुष्टि भएको हो । ।
यस्तै, ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८०९ पुगेको जानकारी गराएको छ ।
पछिल्लो चौबीस घण्टामा २०८ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ८१२ निको भइसकेका छन् ।
पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले चार ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० को मृत्यु भएको छ । हाल पाँच हजार आठ आइसोलेशनमा र ७७ क्वारेन्टिनमा छन् ।