२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' ४९० नयाँ सङ्क्रमित थपिए'

बिहिवार , बैशाख २, २०७८

काठमाडौं, वैशाख । नेपालमा कोरोना भाइरसका ४९० नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५८८ को आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० मा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ सङ्क्रमितको पहिचान गरिएको छ । मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १५७ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४  निको भइसकेका छन् ।

पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ को मृत्यु भएको छ । हाल चार हजार ३८४ आइसोलेशनमा र ६०  क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार