२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : 'एकैदिन ७५ मा कोरोना संक्रमण पुष्टि'

बुधवार , बैशाख १, २०७८

काठमाडौं, वैशाख । बाँकेमा एकैदिन ७५ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बाँकेका कारोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ को पीसीआर परीक्षण गर्दा बुधबार ७५ मा संक्रमण पुष्टि भएको हो ।

फोकल पर्सन ओलीले  भने, ‘स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ को मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये बुधबार ७५ मा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।’ ओलीका अनुसार संक्रमण पुष्टि हुनेमा ४ वर्षदेखि ८१ वर्ष उमेर समूहका रहेका छन् ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । कोभिडका बिरामी राख्न बेड अभाव भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापाले अस्पतालमा कोरोना संक्रमित राखेर उपचार गराउन बेडको अभाव रहेको बताएका छन् ।

डा. थापाले अ भने, ‘अस्पतालमा जम्मा १४२ बेड छन् । जसमध्ये ७२ बेड कोभिडका बिरामीका लागि छुट्याइएको छ । अस्पतालले म्यानेज गरेर अहिले ७४ कोरोना संक्रमितको उपचार गरिरहेको छ ।’ ७४ मध्ये ८  भेन्टिलेटरमा, ३९ आईसीयूमा र लक्षण सहितका २७  बिरामीको कोभिड वार्डमा उपचार भइरहेको डा. थापाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार