२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "४६०  नयाँ सङ्क्रमित थपिए"

मंगलवार , चैत्र ३१, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका ४६०  नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३८६ को आरटीपीसीआर परीक्षण गरिएकोमा ४६० मा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९४८ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १५३  सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ३१८  निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५८ को मृत्यु भएको छ । हाल तीन हजार ६०८  आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार