२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सेती प्रादेशिक अस्पताल : '१५ मा कोरोना पोजेटिभ'

सोमवार , चैत्र ३०, २०७७

लम्की (कैलाली) चैत । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार गरीएको परीक्षणमा १५ मा कोरोना पोजेटिभ देखिएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सोमबार ७२ को स्वाब परीक्षण गर्दा १५ मा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिनेमा ३ महिला १२ पुरुष छन् ।

जोशीपुरका ३, टीकापुरका २,गोदावरीका २, धनगढीका ४, भीमदत्तका २ , कृष्णपुरका १ र जानकीका १ गरी १५ जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार