२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा ५५९ संक्रमण पुष्टि'

सोमवार , चैत्र ३०, २०७७

काठमाडौं, चैत। पछिल्लो २४ घण्टामा ५५९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ मा गरिएको पीसीआर परीक्षणमा ४९६ र ७२७ मा गरिएको एन्टिजेन परीक्षणमा ६३ मा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार