२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

वीरगञ्ज : " ६० को पीसीआर परीक्षण गर्दा २८ मा संक्रमण पुष्टि "

आइतवार , चैत्र २९, २०७७

पर्सा, चैत । वीरगञ्जमा एकैदिन २८ मा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार वीरगञ्जको नारायणी अस्पतालमा ६० को पीसीआर परीक्षण गर्दा २८ मा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक सरोजरोशन दासले जानकारी दिए । संक्रमितमध्ये २३ पर्साका र ५  बाराका हुन् ।

उनका अनुसार २८ मध्‍ये १७  पुरुष र ११  महिला छन् । उनीहरुको सिटी भ्‍यालु १४.५ देखि ३५.२ देखाएको उनले बताए । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढिरहँदा नेपाल सीमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढ्‍दै गएको छ ।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ मा गरिएको परीक्षणमा ३०३ मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४१  कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७४ हजार २७ संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार