काठमाडौं, चैत्त । नेपालमा कोरोना भाइरसका ३०३ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार १२५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ३०३ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयको कोभिड १९ सम्बन्धी जानकारी सार्बजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा एन्टिजेन परीक्षणमा ६४ मा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उक्त संख्या आरटीपीसीआरबाट सङ्क्रमणको पुष्टि भएकामा जोडिएको छैन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १५४ मा सङ्क्रमणको पुष्टि भएको छ । ११ भक्तपुरमा, १५ ललितपुरमा र १२८ काठमाडौंमा सङ्क्रमितको पहिचान गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
पछिल्लो चौबीस घण्टामा १४१ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार २७ निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले एक ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० को मृत्यु भएको छ । हाल दुई हजार ९६१ आइसोलेशनमा र ८३ क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १२ हजार ९०१ को आरटीपीसीआर परीक्षण गरिएको छ ।