२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल राष्ट्र बैङ्क : चार महिना सार्वजनिक बिदाका दिन कार्यालय खोल्न निर्देशन

शनिवार , चैत्र २८, २०७७

काठमाडौँ, चैत । वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुष, चैत र असारमा सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो । यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैङ्कका शाखाहरू खोल्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।

चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैङ्क तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न र गराउन राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा उल्लेख छ ।

कर्मचारीलाई थपियो बिदा

यता बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले आगामी वर्षभर ३२ दिन बिदामा पाउने भएका छन् । राष्ट्र बैङ्कले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैङ्क बिदाको सूचनामा बैङ्कका कर्मचारीहरूले एक वर्षमा ३२ दिन घर बस्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार एक वर्षमा ३२ दिन बैङ्क बन्द हुने भएका छन् भने सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरूले मनाउने पर्वअनुसार उनीहरू बिदा लिन पाउने छन् ।

नयाँ वर्ष २०७८ को वैशाखमा १ गते देशभरका बैङ्कहरूमा बिदा दिइएको छ ।

राष्ट्र बैङ्कका अनुसार वैशाखमा दुई दिन, जेठमा दुई दिन, भदौमा तीन दिन, असोज नौ दिन, कात्तिकमा छ दिन, मङ्सिरमा दुई दिन बिदा दिइएको छ भने पुषमा बिदा दिइएको छैन । फागुनमा तीन दिन र चैतमा चार दिन बिदा दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार