काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका २६० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २४३ को आरटीपीसीआर परीक्षण गरिएकोमा २६० मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएकाे हाे । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ११३ सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ४५५ सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा काेही सङ्क्रमितकाे मृत्यु भएको छैन ।
हिजाेसम्म नेपालमा तीनहजार ३६ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।