काठमाडौं, चैत । पछिल्लो २४ घण्टामा थप २६६ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३६ मा गरिएको परीक्षणमा २६६ मा संक्रमण पुष्टि भएको हो ।
यो संख्या अघिल्लो दिनको भन्दा ९० जना बढी हो । आइतबार ३ हजार ४५६ मा परीक्षण गर्दा १७६ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ संक्रमित भेटिएका छन् । आइतबार काठमाडौंमा
काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए । नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २१० रहेको छ । जसमध्ये २ लाख ७३ हजार ३४२ निको भएका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म ३०३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।