काठमाडौं, चैत्त । नेपालमा कोरोना भाइरसका १५२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार २१३ को आरटीपीसीआर परीक्षण गरिएकोमा १५२ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ४६१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६५ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ८५१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ ।
हाल निको हुने दर ९८.३ प्रतिशत छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको कोरोनाले गर्दा मृत्युको पुष्टि भएको छ । हालसम्म तीन हजार ३१ सङ्क्रमितले ज्यान गुमाएका छन् ।
हाल एक हजार ५७९ आइसोलेशनमा र ६३ क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५४० को आरटीपीसीआर परीक्षण गरिएको छ ।