२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' १६२ सङ्क्रमित थपिए '

बुधवार , चैत्र १८, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका १६२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९१९ को आरटीपीसीआर परीक्षणमा १६२ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ५९  सङ्क्रमित निको भएका छन् । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ४९३ मा कोभिड १९ भाइरस सङ्क्रमण सक्रिय रहेको छ । ५९  हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोभिड १९ बाट हुने मृत्युको पुष्टि भएको छैन् । हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० को मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार