झापा , चैत । जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ । झापाका प्रमुख जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको छ । रेल्वे प्रभावितको माग र संघर्षप्रति लक्षित केही समय धैर्य गर्न प्रभावितलाई आग्रह गरिएको छ । प्रभावितको चित्तबुझ्ने गरी मुआब्जामा चलन–चल्तीको मूल्य दिने गरि मूल्याङ्कन गरिएको छ ।
‘चलन–चल्तीको मूल्यभन्दा कम नहुने गरी मुआब्जा दिन मूल्याङ्कनको काम सकिएको छ, त्यसबारे चैत अन्तिमसम्ममा निर्णय गरी ३५ दिने सूचना जारी गरेर बैशाखदेखि प्रभावितको निवेदनका आधारमा मुआब्जा वितरण गरिनेछ ।’
झापा, मोरङ र सुनसरीमा एकैपटक मुआब्जा वितरण गर्ने गरि तयारी थालिएको बताइएको छ । झापाको छवटा पालिकाका २५ वडामा मुआब्जा वितरण गरिने तयारी रहेको छ । तीन जिल्लामा मुआब्जा वितरणका लागि झण्डै १५ अर्ब रुपियाँ खर्च हुने बताइएको छ ।