२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : " पछिल्लो २४ घण्टा, १४५ सङ्क्रमित थपिए "

बुधवार , चैत्र ११, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका १४५ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९६३ को परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताएका छन । ।

यस्तै, ९० सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७  निको भएका छन् । मन्त्रालयका अनुसार हाल एक हजार १८२ मा कोरोनाको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले हाल ६३ क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा एककाे मृत्यु भएकाे छ ।

हालसम्म तीन हजार २० को सङ्क्रमणबाट मृत्यु भैसकेको छ । यस्तै, काठमाडाैं उपत्यकामा ६३ मा काेराेनाकाे भाइरस थप भएकाे छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडाैं जिल्लामा ५३ सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार