२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : '२४ अंकले घट्यो '

सोमवार , चैत्र ९, २०७७

काठमाडौं, चैत  । साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार भने २४ अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २४३ दशमलव ०८ अंकले घटेर १ हजार ५१४ दशमलव ३९ अंकमा झरेको छ । आइतबार पौने ६ अर्ब रकम बराबरको कारोबार भएपनि सोमबार कारोबार रकम पनि ५ अर्ब ३५ करोडमा रोकियो ।

नेप्सेमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । यी दुई समूह होटल ३.४७ प्रतिशत र हाइड्रोपावर ४.७९ प्रतिशतले बढेको छ ।

हाइड्रोपावरमा सबैभन्दा धेरै माथिल्ले तामाकोशीका लगानीकर्ताले कमाएका छन् भने होटल तथा पर्यटनमा चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

केही दिनयता लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको चन्द्रागिरि सोमबार पनि ९.९९ प्रतिशत अर्थात १४३ रुपैयाँले बढेर १ हजार ५६३ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार