२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : ' पछिल्लो २४ घण्टामा ७९ सङ्क्रमित थपिए'

शनिवार , चैत्र ७, २०७७

काठमाडौं, चैत्त । नेपालमा कोरोना भाइरसका ७९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुईहजार ६३७ को आरटीपीसीआर परीक्षण गरिएकोमा ७९ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुईलाख ७५ हजार ८२९ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा ८२ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ८१५ निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९९८ मा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले हाल ४७ क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट भएको मृत्यु दत्र्ता गरिएको छैन् । हालसम्म तीन हजार १६ को सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार