२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : " पछिल्लो चौबीस घण्टामा १२५  सङ्क्रमित थपिए"

शुक्रवार , चैत्र ६, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका १२५  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १६१ को आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १२३  सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ७३३ निको भएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ ।

यसरी हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १६ को मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको हो । हाल एक हजार एक मा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५१  ब्यक्ति क्वारेन्टिनमा छन् । नेपालमा कोरोनाबाट निको हुने दर ९८.५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार