२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : "पछिल्लो २४ घण्टामा १०७  संक्रमित थपिए"

बिहिवार , चैत्र ५, २०७७

काठमाडौँ, चैत । पछिल्लो २४ घण्टामा नेपालमा १०७  कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार २५४  पीसीआर परीक्षण भएका छन् । यस्तै, बिहीबार ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ ।

मुलुकभर १ हजार जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख २७ हजार ५ सय ४७ पीसीआर परीक्षण भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार