२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ७९ सङ्क्रमित थपिए "

सोमवार , चैत्र २, २०७७

काठमाडौं, चैत । नेपालमा कोरोना भाइरसका ७९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा तीन हजार ३११ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याेसँगे नेपालमा ७९ सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ ।  यस्तै, नेपालमा ७५  निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ । मन्त्रालयले हाल ८९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा काेही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएकाे मन्त्रालयले उल्लेख गरेको छ । कोरोनाबाट नेपालमा तीन हजार १४ को मृत्यु भएको हो ।

हाल ४४ क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख १८ हजार ७२२ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार