काठमाडौं, चैत । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ ।
होटल तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक १८ दशमलव ०७ अंक्ले घटेर २ हजार ३८९ दशमलव १९ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०७ अंकले घटेको छ । नेप्से परिसूचक मात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ ।
आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ । दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।