२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' ६० सङ्क्रमित थपिए'

शनिवार , फाल्गुण २९, २०७७

काठमाडौं, फागुन  । नेपालमा कोरोना  भाइरसका ६० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुईलाख ७५ हजार १७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ६०  सङ्क्रमित थपिएको र ७२  निको भएको जनाएको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । मन्त्रालयले हाल ९१५ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । थपिएका दुई  मृतकसँगै कोरोनाबाट नेपालमा तीन हजार १४ को मृत्यु भएको हो । हाल ४९  क्वारेन्टिनमा छन् ।

हालसम्म २२ लाख १२ हजार ७९६ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार