काठमाडौं, फागुन । नेपालमा कोरोना भाइरसका ९७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ को आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको जनाउनुभयाे ।
पछिल्लो चौबीस घण्टामा ६६ सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ११६ सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ ।
हालसम्म २२ लाख सात हजार ९२२ को आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ९४२ मा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५९ क्वारेन्टिनमा छन् ।
पछिल्लाे २४ घण्टामा पनि कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ को मृत्यु भएको छ ।