काठमाडौं, फागुन । नेपालमा कोरोना भाइरसका १०४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ को आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ९७४ पुगेको जनाउनुभयाे । पछिल्लो चौबीस घण्टामा ६३ सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ७१ हजार ५० सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २२ लाख तीन हजार ४३८ को आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल ९११ मा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५५ क्वारेन्टिनमा छन् । पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ को मृत्यु भएको छ ।