काठमाडौं, फागुन । नेपालमा कोरोना भाइरसका ५९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको जनाएका छन । पछिल्लो चौबीस घण्टामा ६० सङ्क्रमित निको भएका छन् ।
हालसम्म दुई लाख ७० हजार ९८७ सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ९९ हजार ९५० को आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल ८७० मा भाइरसको सङ्क्रमण सक्रिय छ भने ५६ क्वारेन्टिनमा छन् । पछिल्लाे २४ घण्टामा एककाे मृत्यु भएकाे छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ को मृत्यु भएको छ ।