२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' पछिल्लो २४ घण्टामा ४७ मा संक्रमण पुष्टि '

शनिवार , फाल्गुण २२, २०७७

काठमाडौं, फागुन  । पछिल्लो २४ घण्टामा देशभर ४७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ५३५ को नमुना परीक्षण गर्दा १४ महिला र ३३  पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । उनीहरुमध्ये २ लाख ७० हजार ८२८  निको भएका छन् भने ३ हजार १० को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने ६२  संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ८१७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार