२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ए डिभिजन लिगः

ए डिभिजन लिगः च्यासल र जावलाखेल तथा हिमायलन र ब्रिगेड ब्वाईज भिड्ने

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा

सोमवार , पौष १४, २०७६

काठमाडौं, पुस । सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार मंगलबार च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ ।

ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार