२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोभिड १९ : " मृतकको संख्या संशोधन , ८३  थपिए "

बिहिवार , फाल्गुण १३, २०७७

काठमाडौं, फाल्गुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बाट भएका मृतकको संख्या बिहीबार समेत संशोधन गरेको छ ।

यसअघि बुधबार मात्रै मन्त्रालयले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को अध्ययनपछिको सिफारिश बमोजिम ६१८ मृतक थपिएको जनाएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिशमा बिहीबार समेत मृतकको संख्या संशोधन गरी ८३  थपिएको प्रष्ट्याउनुभयो ।

थपिएका मृतकसँगै नेपालमा कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१  मृतक थपिएका छन् ।

यसअघि गत् भदौ महिनामा कोभिड १९ बाट मृतकको तथ्याङ्कमा नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको तथ्याङ्क फरक आएपछि मन्त्रालयले अध्ययन गर्न समिति गठन गरेको थियो ।

उक्त समितिको अध्ययन र सिफारिशको आधारमा मृतकको संख्या थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार