२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ११२ सङ्क्रमित थपिए"

बिहिवार , फाल्गुण १३, २०७७

काठमाडौं, फाल्गुन  । नेपालमा कोरोना भाइरसका ११२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार ४११ को आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ८४ सङ्क्रमित निको भएको जनाएको छ । हालसम्म दुई लाख ७० हजार २२३  कोरोना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयले हाल ८८२  बिरामीमा कोभिड १९ को सङ्क्रमण सक्रिय रहेको जनाएको छ । बुधबार भने एक हजार ५५ मा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको थियो ।

मन्त्रालयका अनुसार हालसम्म २१ लाख ५३ हजार ६३६ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार