२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "पछिल्लो चौबीस घण्टामा ९४ सङ्क्रमित थपिए"

बुधवार , फाल्गुण १२, २०७७

काठमाडौं, फाल्गुन  । नेपालमा कोरोना भाइरसका ९४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ६९२ को आरटीपीसीआर परीक्षण गरिएकोमा ९४ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ का कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ ।

हाल एक हजार ५५५ मा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ७१  सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार १३९ सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोनाभाइरसबाट निको हुने दर ९८.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्युको दर्ता गरिएको छ । हालसम्म दुई हजार ६६ को कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ४७  सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार,  काठमाडौंमा ३३, ललितपुरमा १२ र भक्तपुरमा दुई\ सङ्क्रमित थपिएका छन् । गत आइतबारदेखि हालसम्म १३ हजार ९१६ को पीसीआर परीक्षण गरिएकोमा ४०९ मा सङ्क्रमणको पुष्टि भएको हो ।

सोही अवधिमा ३८४ निको भएका छन् भने पाँचको मृत्यु दर्ता गरिएको छ । हाल ६३  क्वारेन्टिनमा छन् । मन्त्रालयका अनुसार देशैभरि हाल ४४ सङ्क्रमित आईसीयूमा र ११ भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयले हालसम्म २१ लाख ५० हजार २२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार