२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " ९६  सङ्क्रमित थपिए"

बिहिवार , फाल्गुण ६, २०७७

काठमाडौं, फाल्गुन  । नेपालमा कोरोना भाइरसका ९६  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४१ को नमूना परीक्षण गरिएकोमा ९६ मा सङ्क्रमित पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ९६ सङ्क्रमित पुष्टि भएकोमा १११  सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ६०३ मा भाइरसको सङ्क्रमण सक्रिय छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ ।

हालसम्म दुई लाख ६९ हजार ५०५ कोरोनामुक्त भएका छन् । हालसम्म २१ लाख ३१ हजार ३३० को नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ । हाल एक हजार ६०३ आइसोलेशनमा र ७१ क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार