२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " १२५  सङ्क्रमित थपिए"

बुधवार , फाल्गुण ५, २०७७

काठमाडौं, फागुन  । नेपालमा कोरोनाभाइरसका १२५  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८३८ को आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६०  सङ्क्रमित थपिएको बताउनुभयो ।

उहाँका अनुसार भक्तपुरमा छ, ललितपुरमा नौ र काठमाडौंमा ४५ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९१ सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । उक्त मुक्त भएको संख्यासँगै नेपालमा कोरोनामुक्त भएकाको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ । जुन कुल सङ्क्रमितको ९८.७ प्रतिशत हो ।

हाल एक हजार ६२१  आइसोलेशनमा छन् । जसमध्ये ९९१ संस्थागत् आइसोलेशनमा र ६३० होम आइसोलेशनमा छन् । मन्त्रालयले गत् बुधबार यता १४ हजार २४० को नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ४५६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । सोही अबधिमा ४६५  सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म २१ लाख २७ हजार ७८९ को नमूना सङ्कलन गरी आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले हाल कोरोना सङ्क्रमित ६१  आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारार्थ रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार