२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रिय गौरवका सडक आयोजना :   "निर्माणले गति लिदै "

मंगलवार , फाल्गुण ४, २०७७


काठमाडौँ, फागुन । राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका राजमार्ग निर्माण आयोजनामध्ये हुलाकी राजमार्गको भौतिक प्रगति ५५ प्रतिशत, मध्य पहाडी राजमार्गको ४९ प्रतिशत, कर्णाली करिडोरको २२ प्रतिशत, कोसी करिडोरको २१.५ प्रतिशत र काठमाडौँ तराई मधेस द्रुतमार्गको ११ प्रतिशत छ ।
हुलाकी राजमार्गका लागि चालू आर्थिक वर्षमा विनियोजित सातअर्ब एककरोड ५२ लाख रुपियाँमध्ये तीनअर्ब ३४ करोड ३७ लाख रुपियाँ खर्च भएको छ । एक हजार ७९२ किमि लामो यो राजमार्गको ५१२ किमि कालोपत्रे, २१९ पुलमध्ये ९५ प्रतिशत निर्माण भइसकेको छ ।
देशका २६ जिल्लालाई समेट्ने गरी २०६४÷६५ मा सुरु भएको एक हजार ८७९ किमि लामो पुष्पलाल (मध्य पहाडी) राजमार्गको ९१५ किमि कालोपत्रे, १२९ वटामध्ये ८४ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आव २०७६÷७७ सम्ममा यो आयोजनाको भौतिक प्रगति ४९ प्रतिशत छ ।
चालू आर्थिक वर्षका लागि आठ अर्ब २७ करोड ४० लाख रुपियाँ विनियोजन गरिएकोमा पहिलो छ महिनासम्ममा एक अर्ब ७६ करोड ८५ लाख रुपियाँ खर्च भएको छ । उत्तर दक्षिण लोकमार्ग (कोसी करिडोर) को सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको १६२ किमिमध्ये १४८ किमि ट्र्याक खुलेको छ भने बाँकी १४ किमिको ट्र्याक खोल्ने काम भइरहेको छ ।
यो आयोजनाका लागि चालू आर्थिक वर्षमा कुल ९५ करोड २८ लाख रुपियाँ विनियोजन भएकोमा आठ करोड २५ लाख रुपियाँ खर्च भएको छ । 
कुल ४३१ किमिको कालीगण्डकी करिडोरको आव २०७६÷७७ सम्मको भौतिक प्रगति गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डको २१।५ प्रतिशत र बेनी–जोमसोम–कोरला खण्डको ५६ प्रतिशत रहेको छ ।

यो करिडोरको मालढुङ्गा राम्दी–गैँडाकोट खण्डको २४५ किमिमध्ये २४४ किमि र बेनी–जोमसोम–कोरोला सडकको १८६ किमिको सबै ट्र्याक खुलेको र १०८ किमि ग्राभेलसमेत भइसकेको छ ।
कर्णाली करिडोरका लागि चालू आर्थिक वर्षमा ६२ करोड २८ लाख रुपियाँमध्ये चार करोड छ लाख रुपियाँ खर्च भएको छ । हुम्लाको सरिसल्लादेखि सिमकोटसम्म १४५ किमिको यो करिडोरको १३० किमि ट्र्याक खुलेको छ । चालू आर्थिक वर्षको पुससम्ममा काठमाडौँ–तराई मधेस द्रुतमार्गमा एक अर्ब २३ करोड ७० लाख रुपियाँ खर्च भएको छ ।
चालू आर्थिक वर्षमा आठ अर्ब ९३ करोड ८८ लाख रुपियाँ विनियोजन भएको थियो । ललितपुर, काठमाडौँ, मकवानपुर र बारामा पर्ने ७२.५ किमि लामो यो द्रुतमार्गको ५५.५ किमिमध्ये ४४.१ किमिको माटो खन्ने र पुर्ने काम ८८ प्रतिशत सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार