२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : ' १०५ सङ्क्रमित थपिए'

मंगलवार , फाल्गुण ४, २०७७

काठमाडौं, फाल्गुन  । नेपालमा कोरोना भाइरसका १०५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीनहजार ३६० को आरटीपीसीआर परीक्षण गरिएकोमा १०५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०५  सङ्क्रमित थपिएकोमा ९९  कोरोनामुक्त भएको जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ । हालसम्म दुई लाख ६९ हजार ३०३ सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५८७ मा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल ७४  क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना सङ्क्रमित दुई हजार ५५ को मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार