काठमाडौं, फागुन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एकको मृत्यु भएको छ ।
त्यस्तै सोमबार थप १२२ मा कोरोना पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा वाग्मतीमा ९२, गण्डकीमा २२, लुम्बिनीमा ४, प्रदेश १ मा २ र प्रदेश २ र सुदूरपश्चिममा १–१ मा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । नेपालमा अहिले १ हजार ५८१ सक्रिय केस रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५४१ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म देशभर २१ लाख १२ हजार ५९१ नमुनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना पुष्टि भएकामध्ये २ लाख ६९ हजार २०४ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १४४ संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७३ मा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा ६०, ललितपुरमा १० र भक्तपुरमा ३ मा कोरोना पुष्टि भएको छ ।
योसँगै उपत्यकामा संक्रमितको संख्या १ लाख २७ हजार ६०५ पुगेको छ । काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०२ छ भने ललितपुर र भक्तपुरमा क्रमश: १६३ र ११५ रहेको छ ।