२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा १२७ नयाँ सङ्क्रमित थपिए'

शुक्रवार , माघ ३०, २०७७

काठमाडौं, माघ  । नेपालमा २४ घण्टामा कोरोनाभाइरसका १२७ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३६  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक कोभिड विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १२७ सङ्क्रमित थपिएको र १३६  सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ५५७  सङ्क्रमित भएको र दुई लाख ६८ हजार ७९६  निको भएका छन् ।

मन्त्रालयले २१ लाख एघार हजार ६४९ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । हाल एक हजार ७०७  आइसोलेशनमा छन् ।

७९  क्वारेन्टिनमा छन् । कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो चौबीस घण्टामा दुई सङ्क्रमितको मृत्यु भएको छ । चौबीस घण्टामा थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ५४ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार