२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य : 'तोलामा २०० ले घट्यो'

सोमवार , माघ २६, २०७७

काठमाडौं, माघ ।  तोलामा २०० ले घट्यो सुनको मूल्य स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ ।

छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ ।

रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ । त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ ।

रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार