२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना :' छिल्लो चौबीस घण्टामा ११९ सङ्क्रमित थपिए'

आइतवार , माघ २५, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका ११९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २६०  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६८ हजार ७२ सङ्क्रमित निको भएका छन् । नेपालमा अहिलेसम्म ९८.५८ प्रतिशत निकाे भएका छन् । हाल एक हजार ८१५  सङ्क्रमित आइसोलेशनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई हजार २५१ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे । हालसम्म २० लाख ९३ हजार ४१७ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ३८ सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९२  क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार