२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " पछिल्लो चौबीस घण्टामा ९९ सङ्क्रमित थपिए "

शनिवार , माघ २४, २०७७

काठमाडौं, माघ  । नेपालमा कोरोनाभाइरसका ९९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनाका २४८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको जनाएको छ ।

जसमध्ये दुई लाख ६७ हजार ८१२ जना सङ्क्रमित निको भएका छन् । हाल एक हजार ९५९ जना सङ्क्रमित आइसोलेशनमा छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ७९५ वटा आरटीपीसीआर परीक्षण गरिएको थियाे ।

हालसम्म २० लाख ९१ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा काेही पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म दुई हजार ३५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हाल ९५ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार