काठमाडौँ , माघ । पछिल्लो २४ घण्टामा बिहीबार थप १७१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ लाख ७१ हजार ६ सय २ संक्रमितको संख्या पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ । हालसम्म २० लाख ८५ हजार ५७३ पीसीआर परीक्षण भएको मन्त्रालयको बताएको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २२७ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ । मृतकको संख्या २ हजार ३३ पुगेको छ ।
२४ घण्टामा भने कोरोनाबाट २ को मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ९२ छन् ।