२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : "पछिल्लो चौबीस घण्टामा १४२ सङ्क्रमित थपिए, एककाे मृत्यु "

बुधवार , माघ २१, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१  पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५५७ को पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ८१ हजार ६६५ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २०६  सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५  पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.४ मा उक्लेकाे छ । हाल दुई हजार ३३५ मा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९५  मात्र छन् । पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा दुई हजार ३१ काे मृत्यु भैसकेकाे छ । उपत्यकामा ५५ मा काेराेना भाइरस सङ्क्रमित काठमाडाैंमा उपत्यकामा ५५ मा काेराेना भाइरस सङ्क्रमित फेला परेकाे छ । काठमाडाैंमा ४४, ललितपुमा ८ र भक्तपुरमा ३ मा फेला परेकाे हाे ।

पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले नेपालमा अहिलेसम्म एकलाख ३५ हजारभन्दा बढी व्यक्तिले खाेप लगाएकाे जनाएका छन । लक्षित वर्गमा काेही छुटेमा चाँडै खाेप लगाउन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार