काठमाडौं, माघ । भारत सरकारको सहयोगमा नेपाललाई प्राप्त कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको सातौं दिन पनि जारी रह्यो । स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० लक्षित वर्गले खोप लगाएका छन ।
बिज्ञप्तिमा भनिएको छ , प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ ले खोप लगाएका छन । यो १० लाख नेपालीले पाउने छन ।