२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : " पछिल्लो चौबीस घण्टामा १७१ सङ्क्रमित थपिए"

मंगलवार , माघ २०, २०७७

काठमाडौं, माघ । नेपालमा कोरोना भाइरसका १७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ को पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २५९  सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ ।

याेसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९  पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ मा उक्लेकाे छ ।

पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याेसँगै अहिलेसम्म दुई हजार ३० सङ्क्रमितकाे मृत्यु भएकाे थियाे ।

हाल दुई हजार चारसयमा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेकाे छ । क्वारेन्टिनमा ९५  मात्र छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार